सदस्य प्रतिज्ञा पत्र
म, शान्त सुसासित नेपाल (SSN) को सदस्य बन्दै,
निम्न प्रतिज्ञाहरू इमानदारीपूर्वक गर्दछु—
- म शान्ति, सहिष्णुता र सद्भाव लाई मेरो मुख्य मूल्यका रूपमा अंगाल्नेछु।
- म कुनै पनि घृणा, हिंसा, अपमान, अफवाह र उत्तेजनात्मक अभिव्यक्तिको समर्थन गर्ने छैन।
- म सामाजिक सञ्जाल तथा सार्वजनिक जीवनमा no hate, no abuse, no division को नीति पालना गर्नेछु।
- म तथ्यपरक, जिम्मेवार र सकारात्मक संवादलाई प्राथमिकता दिनेछु।
- म सबै जात, धर्म, भाषा, क्षेत्र र विचारप्रति सम्मान र समान व्यवहार गर्नेछु।
- म SSN को उद्देश्य, मूल्य र अनुशासनको पालना गर्नेछु र संगठनको छवि जोगाउनेछु।
- म शान्ति, समृद्धि र सुशासनका लागि सकारात्मक कार्य र सहभागिता जनाउनेछु।
यी प्रतिज्ञाहरू म पूर्ण होसमा, स्वेच्छाले र निष्ठापूर्वक स्वीकार गर्दछु।